सानिमा बैंकले पायो आइएसओ प्रमाणपत्र

काठमाडौं । सानिमा बैंकले आइएसओ २७००१:२०१३ प्रमाणपत्र पाएको छ । बैंकले ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आईटी सेवा प्रदान गर्न बैंकको सूचना प्रविधि र सोसम्बन्धी सेवाका लागि उक्त प्रमाणपत्र पाएको हो ।

उक्त प्रमाणीकरणले सूचनाको सुरक्षा र डाटा सुरक्षा सुनिश्चित रहेको पुष्टि गर्ने बैंकले जानकारी दिएको छ। बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षा सधैँ प्राथमिकतामा रहेको बताएको छ।

‘आइएसओ प्रमाणीकरणले ग्राहकको डाटा अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त मापदण्डअनुसार सुरक्षित रहेको देखाउँछ र यसले बैंकप्रतिको विश्वास बलियो बनाउँछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मर्जरका लागि स्वर्णिम वर्ष २०७९/८०, मेटियो यी २ दर्जन कम्पनीको अस्तित्व Read Previous

मर्जरका लागि स्वर्णिम वर्ष २०७९/८०, मेटियो यी २ दर्जन कम्पनीको अस्तित्व

भोलिदेखि हवाई भाडामा भ्याट लाग्ने Read Next

भोलिदेखि हवाई भाडामा भ्याट लाग्ने