सन नेपाल लाइफको प्रिमियममा आइपीओ खुल्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आज (कार्यालय समय)देखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २३९ रुपैयाँ (अंकित मूल्य १०० मा १३९ रुपैयाँ प्रिमियम थपेर) दरले ९ लाख ६० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयरएनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षीत रहेको जनाउँदछ ।

घट्यो पेट्रोलियम पद्धार्थको मूल्य, लिटरमा कति ? Read Previous

घट्यो पेट्रोलियम पद्धार्थको मूल्य, लिटरमा कति ?

बेलिब्रिज बनेपछि १ महिनापछि खुल्यो मेची राजमार्ग Read Next

बेलिब्रिज बनेपछि १ महिनापछि खुल्यो मेची राजमार्ग