नागरिक लगानी कोषले बचतकर्तालाई थप १.५% प्रतिफल दिने

काठमाडौं । नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न बचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले १.५ प्रतिशत थप प्रतिफल दिएको थियो ।

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिका लागि रू १ अर्ब ८१ करोड खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए। अन्य ६ कोषमा पनि यही कोषको आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए ।

मर्जरपछि बनेको ‘युनाइटेड अजोड’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ? Read Previous

मर्जरपछि बनेको ‘युनाइटेड अजोड’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ?

मर्जरका लागि स्वर्णिम वर्ष २०७९/८०, मेटियो यी २ दर्जन कम्पनीको अस्तित्व Read Next

मर्जरका लागि स्वर्णिम वर्ष २०७९/८०, मेटियो यी २ दर्जन कम्पनीको अस्तित्व