मर्जरपछि बनेको ‘युनाइटेड अजोड’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।

नेप्सेमा साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘युनाइटेड अजोड इन्स्योरेन्स’को सेयर सूचीकृत भएको हो ।

साविकको युनाइटेड र अजोड मर्ज हुँदा कायम भएको १:०.८२ सेयर अनुपातका आधारमा युनाइटेड अजोडको नाममा १ करोड ९० लाख ४५ हजार ६८० कित्ता सेयर सूचीकृत भएको छ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ४८९.४९ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा सोमबार कम्पनीको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सको सेयर कारोबारका लागि नेप्सले UAIL संकेत चिह्न दिएको छ ।

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता Read Previous

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता

नागरिक लगानी कोषले बचतकर्तालाई थप १.५% प्रतिफल दिने Read Next

नागरिक लगानी कोषले बचतकर्तालाई थप १.५% प्रतिफल दिने