घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता

काठमाडौं । घोराही सिमेन्ट्र इण्डष्ट्रिजको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले आज दिउँसो आइपीओ बाँडफाँट गरेका हुन् ।

क्यापिटलका अनुसार कम्पनीको सेयरमा रीतपूर्वक आवेदन दिने सबैले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन दिएका थिए । सोमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

१० कित्तादेखि ७० कित्तासम्म माग गर्ने सबै आवेदकले माग अनुसार नै सेयर पाएको क्यापिटलले जनाएको छ ।

कम्पनीले जेठ ३२ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री नबिल इन्भेष्टमेन्टको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

राष्ट्रपतिद्धारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण Read Previous

राष्ट्रपतिद्धारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

मर्जरपछि बनेको ‘युनाइटेड अजोड’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ? Read Next

मर्जरपछि बनेको ‘युनाइटेड अजोड’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ?