काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९ करोड ६८ लाख रुपैयाँले बढी हो।गत वर्षको पहिलो त्रैमासमा बैंकले २७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यस अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्ममा बैंकले ६१ अर्ब २४ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ।
यस अवधिको बैंकको खुद ब्याज आम्दानी ११.४७ प्रतिशतले बढेर ७८ करोड ४ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद सञ्चालन नाफा ७८ करोड ७३ लाख बढेर ९३ करोड रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख रहेको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड ६० लाख रुपैयाँ संचित छ।
बैंकको प्रतिसेयर आम्दानी ४.०४ रुपैयाँले बढेर १७.६३ रुपैयाँ पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १२१.२९ रुपैयाँ र मूल्य आम्दानी अुनपात ८.७४ गुणा बढी छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.४७ प्रतिशत, पूँजी कोष अनुपात १३.९७ प्रतिशत, कोषको लागत ७.९९ प्रतिशत, आधारदर १०.४५ प्रतिशत र कर्जा निक्षेप अुनपात ७९.२१ प्रतिशत रहेको छ।
सिभिल बैंकको नाफा १४ प्रतिशतले घट्यो
सिभिल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४.१० प्रतिशत कम हो।चालू आवको पहिलो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा २ करोड ९८ लाख ४२ हजाररुपैयाँ रहेको छ ।
असोज मसान्तसम्ममा बैंकले ४२ अर्ब ९१ करोड निक्षेप सङ्कलन गरी ४४ अर्ब १८ करोड कर्जा लगानी गरेको छ । बैंकले सो अवधिसम्ममा ६० करोड २९ लाख खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा १ करोड ६४ लाख बढी हो।
बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ६० करोड २२ लाख र रिटेन्ड अर्निङ्गमा ७० करोड ७ लाख रुपैयाँ जम्मा गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी ७.९४ रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १२८.७७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८ गुणा रहेको छ।
चालू आवको असोज मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा २.९३, कस्ट अफ फण्ड ८.२२, आधारदर ११.११ र स्प्रेडदर ४.६४ प्रतिशत रहेको छ।