काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.९३ प्रतिशत कम हो।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ रहेको छ।
असोज मसान्तसम्ममा बैंकले १ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ रहेको छ। बैंकले जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख, रिटेन्ड अर्निङ्गमा २ अर्ब ९० करोड ९० लाख र सेयर प्रिमियममा १० करोड ५६ लाख रुपैयाँ सञ्चित गरेको छ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५२ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३० करोड ३ लाख घटेर १ अर्ब २० करोड ६३ लाखमा खुम्चिएको छ।
बैंकको प्रतिसेयर आम्दानी १३.३८ रुपैयाँले घटेर २६.२५ रुपैयाँ कायम भएको छ।बैंकको प्रतिसेयर नेटवर्थ ४२.४९ रुपैयाँ घटेर २०४.४४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १६.८८ गुणा रहेको छ । बैंकको निष्क्रिय कर्जा १.६३ प्रतिशतले बढेर २.८४ प्रतिशत पुगेको छ।