काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा सामान्य सुधार गरेको छ । बैंकले चालू आवको असोज मसान्त सम्ममा ३७ करोड ६० लाख खुद नाफा गरेको छ।
यो गत आर्थिक वर्षको तुलनामा ४३ लाख १४ हजार (१.१६ प्रतिशत) ले बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ३७ करोड १६ लाख खुद नाफा गरेको थियो। यस अवधिमा बैंकको वितरण योग्य नाफा १५ करोड ५ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकले ९१ अर्ब २७ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले कुल २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कमाएको छ।
चुक्ता पूँजी ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको जगेडामा २ अर्ब ६ करोड ७५ लाख रुपैयाँ संचित छ।
बैंकको प्रतिसेयर आम्दानी ६८ पैसाले घटेर १७.७८ रुपैयाँ मा आएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२६.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.६० गुणा बढी छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात, कोषको लागत, आधारदर, पूँजी कोष अनुपात र कर्जा निक्षेप अनुपात समेत घटेको छ।
बैंकको खराब कर्जा अनुपात ०.३१ प्रतिशत, कोषको लागत ७.५७, आधारदर १०.५६, पूँजी कोष अनुपात १३.८९ र कर्जा निक्षेप अनुपात ७७.०८ प्रतिशत रहेको छ।
कुमारी बैंकको नाफा १४ प्रतिशतले बढ्यो
कुमारी बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४.२६ प्रतिशत बढी हो।
बैंकले गत वर्षको यसै अवधिमा ३५ करोड १८ लाख खुद नाफा कमाएको थियो।असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ४८ लाख रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड १७ लाख रुपैयाँ र सेयरधनी कोषमा २७ करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको छ।
बैंकले असोज मसान्तसम्ममा ७८ अर्ब ३० करोड २८ लाख निक्षेप सङ्कलन गरेको यस बैंकले ७७ अर्ब २४ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ९१ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६३ पैसाले बढेर १६.८३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२६.३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०.७५ गुणा रहेको छ।
बैंकको निष्क्रिय कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा ०.०९ प्रतिशत विन्दु घटेर १.०५ प्रतिशतमा सीमित भएको छ।