एनएमबी बैंकको नाफामा छलाङ, अन्य सूचकमा कस्तो छ प्रगति

काठमाडौं । एनएमबी बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा उत्साहजनक प्रगति गरेको छ । बैंकले असोज मसान्तसम्ममा ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ५५ करोड ५ लाख ५६ हजार खुद नाफा आर्जन गरेको थियो।

 

बैंकको वितरण योग्य मुनाफा ५३ करोड ६१ लाख ६८ हजार रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ, शेयर प्रिमियममा २ अर्ब ५४ करोड १४ लाख र सेयरधनी कोषमा २ अर्ब २५ करोड ९० लाख रुपैयाँ सञ्चित छ।

 

ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख पुगेको छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब २१ अर्ब ९१ करोड २६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १० अर्ब ३१ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.८७ रुपैयाँले बढेर ३२.५१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८२.४० रुपैयाँ रहेको छ ।

प्याजको थाेक मूल्य नै २०० नजिक, दुई हप्तामै दोब्बरले बढ्यो Read Previous

प्याजको थाेक मूल्य नै २०० नजिक, दुई हप्तामै दोब्बरले बढ्यो

माछापुच्छ्रे बैंकको नाफामा सामान्य सुधार, कुमारीको  १४ प्रतिशतले बढ्यो Read Next

माछापुच्छ्रे बैंकको नाफामा सामान्य सुधार, कुमारीको १४ प्रतिशतले बढ्यो