काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले वार्षिक रिचार्ज अफर ल्याएको छ । कम्पनीले विद्यमान गहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले १ वर्षको रिचार्ज गर्दा ४ महिना बोनस पाउने छन् । अर्थात् एकैपटक १ वर्षको शुल्क बुझाए थप ४ महिना सित्तैमा इनटरनेट चलाउन पाउने छन् ।
कम्पनीले tachyon 325, 400 र 625 इन्टरनेट प्याकेजमा यस्तो अफर ल्याएको हो । यो अफर असार २१ गतेदेखि असार ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपाल पेको क्यूआरसँग साझेदारी गरेको छ।
नेपाल पेमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा १०० रुपैयाँसम्म क्यासब्याक समेत पाउने छन् । यस्तै, हरेक दिन लक्की ड्रमार्फत् भाग्यशाली ३ जनाले ३२ इन्चको टीभी पाउने छन् ।