मनाङ एयर हेलिकप्टर दुर्घटना, ५ जनाको शव भेटियो

काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट बिहान १० बजेतिर काठमाडौंका लागि उडेको ९ एन एमभी कलसाइनको उक्त हेलिकप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित ६ जना रहेकोमा एक जना अझै वेपत्ता रहेको प्हरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेकाले बेपत्ताको खोजी कार्य जारी छ ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको केही बेरमै उक्त हेलिकप्टर सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टर खोज्न नागरिक उड्डयन प्राधिकरणले अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरेको छ । सो हेलिकप्टर पनि दुर्घटना स्थलमा पुगिसकेको छ ।

हेलिकप्टर दुर्घटनाको कारण अझै खुलेको छैन ।

भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता Read Previous

भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता

क्लासिक टेकको वार्षिक रिचार्ज गर्दा ४ महिना बोनस पाइने Read Next

क्लासिक टेकको वार्षिक रिचार्ज गर्दा ४ महिना बोनस पाइने