काठमाडौं । मर्जर प्रक्रियामा रहेका लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् ।
एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै दुई बैंक असार २९ गतेदेखि ‘लक्ष्मी सनराइज बैंक’को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिएको थियो ।
दुवै बैंक समान हैसियत अर्थात् १:१ सेयर अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । मर्जरपछि नयाँ बैंकको चुक्ता पूँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।