काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।
उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरू अनुसारका कार्यक्रमहरू मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो ।
नेपाल आगामी १६ औं योजना तर्जुमा गर्न गइरहेको सम्वन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडीआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । एनडीआरसी उपाध्यक्ष डा. श्रेष्ठले (एनडीआरसी) का उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् ।
पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रुपमा रहेको यस चिनियाँ संस्था हाल (एनडीआरसी) को रुपमा चिनिन्छ । यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ ।
त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआईडिसिए)का उप मन्त्री डेङ बोगिङबीच द्धिपक्षिय भेटवार्ता समेत भएको छ ।,
चीनको राजधानी वेइजिङ्गमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ सम्बन्धी पहिलो उच्च स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रुपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोग सम्वन्धी कामहरू हेर्ने निकाय हो ।
उक्त भेटवार्ताका क्रममा दुइ पक्षविचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगती सम्वन्धमा छलफल भएको थियो । स