साउनदेखि हरेक वस्तुमा अनिवार्य लेबलिङ गर्नुपर्ने

काठमाडौं । सरकारले साउन महिनादेखि हरेक उपभोग्य वस्तुमा अनिवार्य लेबलिङ हुनुपर्ने व्यवस्था गरेको छ । आर्थिक ऐन २०८० को दफा १८ को उपदफा ४ मा व्यवस्थित नीतिलाई टेकेर सरकारले यो व्यवस्था गरेको हो ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पूण्यविक्रम खड्का तयारी सबै प्रकारका उपभोग्य वस्तुमा अनिवार्य लेबलिङ गर्नुपर्ने व्यवस्था गरिएको बताए । भन्सारबाट आयात हुने वस्तुहरु आयातकै क्रममा परीक्षण गरी लेबल लगाएर वितरण गर्न निर्देशन दिने व्यवस्था गरिएको उनले जानकारी दिए । त्यसको कार्यन्वयन आयातकर्ता र वितरक स्वयमले गर्नुपर्नेछ ।

त्यसको नियमनको काम उपभोक्ता हित संरक्षण विभागले गर्ने व्यवस्था गरिएको छ । बजारमा बिक्री हुने उपभोग्य मालवस्तुमा वस्तुको नाम, उत्पादित मिति, प्रयोजन अवधि, उत्पादन प्रविधिलगायतका विवरण अनिवार्य हुनुपर्नेछ । उसरी लेबलिङ गर्ने क्रममा नेपाली र अंग्रेजी दुवै भाषामा स्पष्ट विवरण राखिएको हुनुपर्ने छ ।

नेपालको उपभोक्ता संरक्षण ऐन २०७५ मा समेत उपभोग्य वस्तुको लेबललाई अनिवार्य गरेको छ । सो समयमा लेबलिङको व्यवस्था भए पनि यसलाई अनिवार्य रुपमा कार्यन्वयनमा ल्याउन सकिएको थिएन ।

बजारमा बिक्रीका लागि पठाइने मालवस्तु आयातकर्ता र वितरकको विवरण भएको लेबल हुनुपर्नेछ । लेबल नगरी बजारा पठाइएको पाइएमा त्यस्ता मालवस्तु सम्बद्ध नियमनकारी निकायले जफत गर्न सक्नेछ ।

भन्सार विभागका अनुसार आयातकर्ता तथा वितकरले लेबलमा बार कोड, क्यूआर कोड वा सुरक्षा स्टिकर लगायत आफ्नो पहिचान खुलाउनु पर्छ । औद्योगिक मेसिनरी उपकरण र कच्चा पदार्थमा भने लेबलिङको व्यवस्था लागू गरिएको छैन ।

 

काठमाडौं साँघुरा गल्लीमा ब्लक राखिँदै Read Previous

काठमाडौं साँघुरा गल्लीमा ब्लक राखिँदै

नेप्सेमा ३३ अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा ३३ अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी