नेप्सेमा ३३ अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा ३३ अंकको उतर चढाव आएको छ । बजार खुल्ने बित्तिकै २१ अंकले बढेको नेप्से बीचमा १३ अंकले घटेको थियो भने अन्त्यमा झन्डै १ अंकले घटेर बन्द भएको छ ।

खरिदकर्ता र बिक्रेता बीच तीव्र बार्गेनिङ हुँदा सूचकमा उतरचढाव आएको हो । प्रफिट बुक गर्ने हाबी हुँदा आइतबार २८ अंकले बढेको नेप्सेमा आज दबाब परेको हो ।

सूचकसँगै झिनो गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७५ करोड बढेर ३ अर्ब ७९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सोमबार नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ विन्दुमा आइपुगेको छ । यसदिन २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.७१ प्रतिशतले बढेको छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज रावा इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, गुह्येश्वरी मर्चेन्ट ७.२३, श्वेत गंगा हाइड्रोपावर, अरुण काबेली र नेपाल फाइनान्सको सेयर मूल्य साढे ६ प्रतिशतले बढेको छ ।

साउनदेखि हरेक वस्तुमा अनिवार्य लेबलिङ गर्नुपर्ने Read Previous

साउनदेखि हरेक वस्तुमा अनिवार्य लेबलिङ गर्नुपर्ने

हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा, १७० मेगावाट विद्युत् प्रवाह हुने Read Next

हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा, १७० मेगावाट विद्युत् प्रवाह हुने