काठमाडौं । पछिल्लो समय सुन र चाँदीको भाउ दिनदिनै बढ्न थालेको छ । विहेको सिजन मंसिर नजिकिएसँगै सुन चाँदीको माग बढेसँगै भाउ पनि बढेको हो ।
कार्तिक २२ गतेदेखिनै बढ्न थालेको सुनको भाउ कार्तिक २८ गतेसम्म आइपुग्दा प्रतितोलमा २ हजार ४ सय रुपैयाँले बढेको छ । कार्तिक २२ मा प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन पनि प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन बुधबार पनि छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ७१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन सुनसँगै चाँदीको भाउमा समेत बृद्धि भएको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।अघिल्लो दिन बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो।