पप्पुसँग ठेक्का तोड्ने प्रकृया अन्तिम चरणमा, निर्णय हुन बाँकी

काठमाडौं । तिनकुने आर्क ब्रिज निर्माणको लागि पप्पु कन्स्ट्रक्सनसँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रकृया अन्तिम चरणमा पुगेको छ । पप्पु कन्स्ट्रक्सन ठेक्का तोडिएपछि मुद्दामा जान सक्ने हुँदा त्यसका लागि काठमाडाैं उपत्यका सडक बिस्तार आयोजनाले तयारी गरिरहेकाे छ ।

 

आयोजनाले हालसम्म २ वटा सूचना निकालिसकेको छ । आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठका अनुसार आयोजनाले पप्पुलाई कारवाही नगर्न र कालो सूचीमा नहाल्नुपर्ने कारण सहित स्पस्टिकरण माग गरेको छ ।

 

पप्पुले दिएको सो स्पस्टिकरण चित्त बुझ्दो नभएको श्रेष्ठले बताए ।

 

‘किन कारवाही नगर्ने ? कालोसुचीमा किन नराख्ने ? भनेर २ पटक स्पस्टिकरणका लागि सुचना निकालेका छाैँ, उसको जवाफ हामीलाई चित्त बुझेको छैन,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

आयोजनाले ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरु गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो ।

 

नयाँ डिजाइन बनाउँदा पप्पुले आफैं खर्च गर्नुपर्ने र त्यो निर्माणको फाउन्डेसन तोडेर बनाउन समेत पप्पु कै खर्च हुने हुँदा पप्पुले निर्माणमा गति दिन नसकेको हो ।

 

एपीजी फिर्ता लिने क्रममा समेत सो विरुद्ध पप्पुले मुद्दा गरेको थियो । पप्पुले अदालतसँग ‘स्टेअर्डर’को माग गर्दै मुद्दा दायर गरेको थियो । अदालतबाट मुद्दाको फैसला नआएपनि आयोजनाले सो रकम फिर्ता लिन सफल भएको छ ।

 

‘एपीजी माग्दा पप्पुले अदालसँग स्टेअर्डर माग गरेको थियो । त्यो मुद्दाको फैसला भएको छैन । तर, हामीले ‘रिफन्ड’ लिइसक्यौं,’ श्रेष्ठले भने ।
पप्पुले ‘पर्फमेन्स फन्ड’ समेत फिर्ता दिनुपर्नेछ । सो फन्ड फिर्ता गर्दा पप्पुले ठेक्काको ५ प्रतिशत रकम फिर्ता गर्नुपर्ने छ । सो रकम उसको सजाय स्वरुप आयोजनाले लिनेछ ।

 

२१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

 

तिनकुनेको आर्क पुल पम्पु कन्स्ट्रक्सनले २०७५ साल असार ५ गतेसम्ममा सम्पन्न गर्नु पर्ने थियो । तर, मिति सकियो र फेरी ०७७ सालको असारसम्मका लागि म्याद थप माग गरिएको थियो भने म्याद थप गर्दा समेत पप्पुले केही काम अघि नबढाउँदा उसँग ठेक्का तोड्ने प्रकृया अघि बढेको हो ।

 

तिनकुनेमा बन्दै गरेको आर्क ब्रिजको निर्माणको काम १ वर्षदेखि अलपत्र परेको आयोजनाले जानकारी दिएको छ । पप्पुले ब्रिज निर्माणका क्रममा फाउन्डेसन डिजाइन अनुसार नगरेको र त्यसलाई तोडेर फेरी निर्माण गर्नु पर्ने भएको थियो ।

 

पप्पुको कमजोरी

 

यो पुलमा काम गर्ने क्रममा १६ वटा पायल मध्ये २ वटा पायल जमिनमा भासिएको देखिएको छ । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पप्पुलाई पत्र दिएको थियो । तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको छ । त्यसपछि सो पुल निर्माण गर्दा जोखिम बढ्ने हुँदा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्यो फेरी भत्काएर बनाउन निर्देशन दिएको थियो ।

 

पप्पुले सो निर्देशन पालना नगरेपछि उक्त पुलको काम अघि बढ्न नसकेको हो । आयोजनाले बारम्बार पप्पुलाई निर्माण तोडेर नयाँ डिजाइनमा पुल बनाउन भने पनि पप्पुले अटेरी गरेको हो । पप्पुले फाउन्डेसन नमिलाई त्यस माथिनै थप काम गरेको थियो ।

 

नयाँ डिजाइन बनाउँदा पप्पुले आफैं खर्च गर्नुपर्ने र त्यो निर्माणको फाउन्डेसन तोडेर बनाउन समेत पप्पु कै खर्च हुने हुँदा पप्पुले निर्माणमा गति दिन नसकेको हो ।

 

८५ मिटर लामो आर्क ब्रिज निर्माणमा पप्पुले हालसम्म २५ प्रतिशत काम मात्र पूरा गरेको छ ।

 

यसअघि हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जोइन्ट भेन्चर जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेपनि सरकारले यसको प्रक्रिया अझै अगाडि बढाएको छैन । सरकारको लागि पप्पुको राजनीतिक शक्तिलाई वेवास्ता गर्दै कारवाही प्रक्रियमा अघि बढ्न ठूलै चुनौति रहेको देखिन्छ ।

 

पप्पुसँगको सम्झौतामा राजमार्ग अन्तर्गत झण्डै ९ वटा पुलहरु अझै निर्माणका क्रममा रहेका छन् । पप्पुले जिम्मा लिएको पुलहरु ८ वर्षदेखि अलपत्र छन् ।

 

पुल निर्माण ३ वर्ष भित्र पुरा गर्ने गरी सम्झौता भएको हो । निर्माण सम्झौताको ५ वर्ष बितिसक्दा समेत पुल निर्माणको २५ प्रतिशत मात्र काम भएको छ ।

 

पप्पुलाई तीनकुने पुल निर्माणका लागि २०७१ पुष मा सम्झौता गरिएको थियो । हालसम्म पप्पुले तीनकुने पुल निर्माणमा ६ करोड २२ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ । सो पुल २१ करोड ३३ हजार रुपैयाँमा निर्माण गरिसक्ने पप्पुसँग सम्झौता भएको थियो ।

 

सो पुल निर्माण ३ वर्ष भित्र पुरा गर्ने गरी सम्झौता भएको हो । निर्माण सम्झौताको ५ वर्ष बितिसक्दा समेत पुल निर्माणको २५ प्रतिशत मात्र काम भएको छ ।

 

यस अघि हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जोइन्ट भेन्चर जेभी लाई कालोसूचीमा राख्न सिफारिस गरेपनि सरकारले यसको प्रक्रिया अझै अगाडि बढाएको छैन । सरकारको लागि पप्पुको राजनीतिक शक्तिलाई वेवास्ता गर्दै कारवाही प्रक्रियमा अघि बढ्न ठूलै चुनौति रहेको देखिन्छ ।

 

पप्पुले लिएको ९ पुल ८ वर्षदेखि अलपत्र

 

पप्पुसँगको सम्झौतामा राजमार्ग अन्तर्गत झण्डै ९ वटा पुलहरु अझै निर्माणका क्रममा रहेका छन् । पप्पुले जिम्मा लिएको पुलहरु ८ वर्षदेखि अलपत्र छन् ।

 

मध्यपहाडी लोकमार्ग अन्तर्गत २ पुल स् मध्य पहाडी लोकमार्गमा पप्पु कन्स्ट्रक्सन अन्तर्गत २ वटा पुल निर्माणको काम भइरहेको छ । उक्त योजना प्रमुख विजय चापागाईका अनुसार पम्पुले मध्य पहाडी राजमार्गमा खांसान खोला र तोखु खोलामा पुल निर्माण गर्ने ठेक्का लिएको हो । उक्त २ पुल १० करोडको लगानीमा निर्माणको जिम्मा पप्पुले लिएको हो ।

 

पुल निर्माणको ७० प्रतिशत काम सम्पन्न भइसकेको र बीचमा लामो समय रोकिएकाले तोकिएको मितिभन्दा ढिला भएको चापागाईले बताए ।
व्यवसायीको लापरवाहीका कारण समेत पुल निर्माण ढिलाइन हुने गएको उनले स्वीकारे । यद्यपी व्यवसायीले चाहे बाँकी ३० प्रतिशत काम चाडै सकिने उनले जानकारी दिए । ती पुलमा सुपर स्ट्रक्चर (पुल ढलान) गर्ने काम मात्र बाँकी रहेको छ ।

 

मदन भण्डारी राजमार्ग स् सिन्धुली जिल्लामा पर्ने कमला पुल पप्पु कन्ष्ट्रक्सनले ठेक्का लिएको हो । सो पुल हाल पप्पु कन्स्ट्रक्सनको साझेदार लुम्बिनी विल्डरले निर्माण गरिरहेको छ ।

 

सडक विभागका अनुसार हुलाकी राजमार्ग अन्तर्गत निर्माणको क्रममा रहेको ६ वटा पुल मध्ये पप्पु कन्ष्ट्रक्सनले जिम्मा लिएको ३ वटा पुल ८ वर्ष वित्दासमेत निर्माण पूरा हुन सकेको छैन ।

 

उक्त पुल निर्माणको ५५ प्रतिशत सम्पन्न भएको छ । २०६८ मा पप्पु कन्ष्ट्रक्सनलाई कमला पुल निर्माणको ठेक्का दिइएको थियो । २०७४ सालसम्म सम्पन्न हुनु पर्ने उक्त पुल अझै कहिले पूरा हुने भन्ने टुंगो लाग्न सकेको छैन ।

 

सडक विभागका अनुसार हुलाकी राजमार्ग अन्तर्गत निर्माणको क्रममा रहेको ६ वटा पुल मध्ये पप्पु कन्ष्ट्रक्सनले जिम्मा लिएको ३ वटा पुल ८ वर्ष वित्दासमेत निर्माण पूरा हुन सकेको छैन ।

 

२०६८ सालबाट ठेक्का सुरु भएको धनुषाको कमला पुल, झापाको कन्काई पुलको प्रगति हालसम्म २० प्रतिशत हाराहारी रहेको छ । सिराहाको बलान पुल निर्माण सुरु भएको ८ वर्ष भएपनि अझैँ पुरा हुन सकेको छैन । २०७२ सालमा सकिनु पर्ने उक्त पुल ठेकेदारको लापरवाहिका कारण अलपत्र परेको छ ।

 

यस्तै, पप्पु र अन्य जेभी कम्पनीले ठेक्का लिएको तिनाउ खोला र दानव खोलाका २ पुलसमेत अलपत्र परेका छन् । यी २ पुल २०७१ सालमा ठेक्का दिइएको थियो भने २०७३ सालसम्ममा सम्पन्न हुनु पर्ने थियो । तर, अहिलेसम्म उललेखनिय प्रगति हुन सकेको छैन । तिलावे पुलसमेत निर्माण हुन सकेको छैन ।

ग्लोबल आइएमई बैंक र ब्लू क्रश हस्पिटलबीच सम्झौता Read Previous

ग्लोबल आइएमई बैंक र ब्लू क्रश हस्पिटलबीच सम्झौता

सुनको भाउ एक हप्तामै साढे २ हजारले बढ्यो Read Next

सुनको भाउ एक हप्तामै साढे २ हजारले बढ्यो