काठमाडौं । दुई दिनमा करिब ११ अंकले घटेको सेयर बजारमा आज झिनो अंकको सुधार देखिएको छ । सूचकमा झिनो सुधार देखिएपनि कारोबार रकममा भने गिरावट आएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ०.७९ अंकले बढेर ११३५.९५ विन्दुमा पुगेको छ । आज १६३ कम्पनीको २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँको कारोबार भएको छ । ८ लाख ३३ हजार ८८१ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये आठ समूहको सूचक उकालो लागेका छन् भने चार समूहको सूचक ओरालो लागेका छन् । आज व्यापार समूहको सूचक २२.४४ अंकले बढेको छ भने लघुवित्त समूहको सूचक सबैभन्दा धेरै ६.७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड २९ लाख ६८ हजार ३७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र हिमालयन डिष्टिलरीको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको १ करोड ३३ लाख र हिमालयनको १ करोड ३१ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । आज ग्लोबल आइएमई सम्मुनत स्कीम–१ को सेयर मूल्य सबैभन्दा धेरै ५.६६ प्रतिशतले घटेको छ ।