प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराई नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।नेपाल बीमा प्राधिकरणले उनलाई कम्पनीको सीईओमा नियुक्त गर्न स्वीकृति दिएकाे हाे ।

साविकको प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच मर्ज भई बनेको प्रभु महालक्ष्मी लाइफले आगामी असार २९ गतेदेखि एकीककृत कारोबार सुरु गर्दैछ ।

दुवै कम्पनी बीच २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । सर्जर सम्झौता अनुसार साविकको महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई मर्जरपछि बन्ने नयाँ कम्पनीको ४ वर्षको लागि सीईओ बन्ने सहमति भएको थियो ।

उक्त सहमति गत जेठ २६ गते सम्पन्न दुवै कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बीमा प्राधिकरणले भट्टराईलाई सीईओमा नियुक्त गर्न स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाइफको स्थापनाकाल देखि नै सीईओमा कार्यरत छन् । २०३८ सालमा नेपाल बैंकको अधिकृत बाट बैंकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

२०५२ मंसिर १५ गते वीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्समा सीईओ भई काम गरे ।

 

टोखामा १३० सीसी क्यामरा र ४३४ सडकबत्ती जडान Read Previous

टोखामा १३० सीसी क्यामरा र ४३४ सडकबत्ती जडान

साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार सुरू Read Next

साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार सुरू