टोखामा १३० सीसी क्यामरा र ४३४ सडकबत्ती जडान

सांकेतिक तस्वीर

काठमाडौं । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत ४३४ सडक बत्ती जडान गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र १३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए ।

टोखाले आव २०७९/८० मा वडा नं २ र ६ को वडा कार्यालय भवन निर्माण गर्नुका साथै नगरपालिकाको प्रशासकीय भवन निर्माणसमेत सम्पन्न गरेको छ । सार्वजनिक भवन, ताल, पोखरी संरक्षण, ऐतिहासिक सम्पदाको पुनःनिर्माण, नदी नियन्त्रण, खानेपानी डिप बोरिङ एवम् पाइपलाइन विस्तारलाई प्राथमिकता दिएको टोखाले चालु आवमा १२.१५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ ।

यस्तै, ब्लक विच्छ्याउने काम ३.२९ वर्ग किलोमिटर, पुल कल्भर्ट १२ वटा, ढल विच्छ्याउने तथा मर्मत कार्य ५.११ किलोमिटर, खानेपानी पाइपलाइन विच्छ्याउने तथा मर्मत १३२ स्थानमा गरिएको सो नगरपालिकाले जनाएको छ ।

उपप्रमुख तामाङले टोखाले खेलकुद क्षेत्रको विकासका लागि अन्तर विद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गर्नुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको बताए ।

दीर्घरोग विरुद्धको अभियानमा मेयर कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, ६० वर्ष माथिका दुई हजार एक सयभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको सो नगरपालिकाले जनाएको छ । टोखाले नगरवासी बिरामीलाई निःशुल्क रगतको व्यवस्था समेत गरेको छ ।

टोखाले नगरपालिका र वडामा नगद राजस्व क्यूआर कोर्डमार्फत भुक्तानी सुरुआत गरेको उपप्रमुख तामाङले बताए। टोखाले आव २०७९र८० को वार्षिक लक्ष्यको ९४.९१ प्रतिशत राजस्व सङ्कलन हुने लक्ष्य लिएको छ ।

गुल्जार तातोपानी बजार बन्यो खण्डहर, चहलपहल शून्य Read Previous

गुल्जार तातोपानी बजार बन्यो खण्डहर, चहलपहल शून्य

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराई नियुक्त Read Next

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराई नियुक्त