काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
दुई लघुवित्त मर्ज भई ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । दुई लघुवित्त बीच गत भदौ अन्तिममा मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
दुई संस्था १००ः८७ सेयर अनुपातमा मर्ज भएका हुन् । यस अनुसार अब आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ ।
एकीकृत लघुवित्तको पूँजी कोष ७ अर्बभन्दा बढी भएको ।