काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक विवरण अनुसार बैंकले अधिकांश सूचकमा सामान्य प्रगति गरेको छ ।
बैंकले असोज मसान्तसम्ममा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.०७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको पहिलो ३ महिनाको वितरण योग्य मुनाफा भने ३० करोड ८४ लाख रुपैयाँ रहेको छ।बैंकको जगेडा कोषमा ६ अर्ब ९६ करोड ७१ लाख सञ्चित गरेको छ। त्यसैगरी, बैंकको सेयर प्रिमियम २३ करोड ८४ लाख रहेको छ भने सेयरधनी कोषमा ३ अर्ब १ करोड ५० लाख रहेको छ।
असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३४ अर्ब ७४ करोड निक्षेप सङ्कलन गरी १ खर्ब ९ अर्ब ५३ करोड कर्जा लगानी गरेको छ। यसबापत कम्पनीले १ अर्ब ४३ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १२ करोड १८ लाख बढी हो।
चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले ९८ करोड ६९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ८ करोड २१ लाख बढी हो ।
८ अर्ब १० करोड ६८ लाख चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी ३४.४३ रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २२७.३३ रुपैयाँ रहेको छ ।