हिमालयन बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार (कार्तिक २८ गते) सम्पन्न ३७७ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

 

बैंकले प्रस्ताव गरेको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन्।

 

एभरेष्ट बैंकको खुद नाफा ६ करोडले बढ्दा अन्य सूचकमा कस्तो छ प्रगति Read Previous

एभरेष्ट बैंकको खुद नाफा ६ करोडले बढ्दा अन्य सूचकमा कस्तो छ प्रगति

चर्चित व्यवसायी रुप ज्योतिको रिहाइको माग गर्दै  विरोध र्‍याली Read Next

चर्चित व्यवसायी रुप ज्योतिको रिहाइको माग गर्दै विरोध र्‍याली