बैंकमा पैसा थुप्रिएपछि फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक, दुई सातामै ५० अर्ब तान्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) भएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

यसअघि दुई सातामै बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिचेको राष्ट्र बैंकले फेरि रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै राष्ट्र १० दिन (असार २९ गतेसम्म) लागि बोलकबोल मार्फत २० अर्ब खिच्न लागेको जनाएको छ ।उक्त रिभर्स रिपोमा बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड बोलकबोल गर्नुपर्नेछ ।

योसहित पछिल्लो दुई सातामै राष्ट्र बैंकले कुल ५० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । यद्यपि, यसअघि खिचेको पैसा रिलिज भइसकेको छ ।

यसअघि राष्ट्र बैंकले गत असार ७ गते १० अर्ब र १० गते २० अर्बको रिभर्स रिपो जारी गरेको थियो । विगत लामो समयदेखि कर्जाको माग नहुँदा र असार लागेसँगै सरकारले पूँजीगत खर्च बढाउँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिने क्रम बढ्दो छ ।

हाल प्रणालीमा झन्डै साढे ३ खर्ब तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.४७ प्रतिशतमा झरेको छ ।

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका खोल्न पर्यटन व्यवसायीको माग Read Previous

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका खोल्न पर्यटन व्यवसायीको माग

नेपालमा लगानी भित्र्याउन मकाउका व्यवसायीलाई लगानी बोर्डको आग्रह Read Next

नेपालमा लगानी भित्र्याउन मकाउका व्यवसायीलाई लगानी बोर्डको आग्रह