नेपालमा लगानी भित्र्याउन मकाउका व्यवसायीलाई लगानी बोर्डको आग्रह

काठमाडौं । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे । विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको उनको भनाइ छ ।

नेपालमा लगानी गर्दा भविष्यको सुनिश्चितताको जिम्मा लगानी बोर्डले लिने भन्दै कार्यकारी अधिकृत भट्टले नेपालमा लगानी गर्दाको फाइदाबारे प्रकाश पारे । नयाँ लगानीकर्तालाई कम्पनी दर्तालगायतका कानुनी प्रक्रिया सहज बनेको भन्दै उनले कुनै पनि कानुनी अड्चन नहुने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा हङ्कङ महावाणिज्यदूत उदय रानामगर, एनआरएनए मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, नेपाली समाज मकाउका अध्यक्ष युवराज न्यौपाने, मकाउ लगानी बोर्डका अध्यक्ष चेन मेङ कामले बोलेका थिए ।

बैंकमा पैसा थुप्रिएपछि फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक, दुई सातामै ५० अर्ब तान्दै Read Previous

बैंकमा पैसा थुप्रिएपछि फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक, दुई सातामै ५० अर्ब तान्दै

अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री Read Next

अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री