आइएमईको ‘डबलको डबलको डबल’ अफरको सातौं हप्ताको विजेता घोषित

काठमाडौँ । सेवाग्राही इन्द्रराज शेरचन दशैंमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र ’ मार्फत विजेता घोषित भएका हुन् ।

 

सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युके स्थित रिया मनि ट्रान्सफर मार्फत ५० हजार १३७ रुपैयाँ नेपालमा पैसा पठाएका थिए । जसको दुई गुणा हुन आउने रकम १ लाख २७४ रुपैयाँ जितेका हुन् ।

 

पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी हुन् । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर २०७६ साल भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म कायम रहने जनाएको छ ।

 

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने जनाइएको छ ।

माछापुच्छ्रे बैंकका एकैपटक ११ वटा नयाँ शाखा सञ्चालनमा Read Previous

माछापुच्छ्रे बैंकका एकैपटक ११ वटा नयाँ शाखा सञ्चालनमा

बङ्गलादेशसँगको २२ वर्षे व्यापार: पछिल्लो ५ वर्ष निरन्तर घाटामा, समग्रमा नेपाल नाफामा Read Next

बङ्गलादेशसँगको २२ वर्षे व्यापार: पछिल्लो ५ वर्ष निरन्तर घाटामा, समग्रमा नेपाल नाफामा