माछापुच्छ्रे बैंकका एकैपटक ११ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

 

बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देहि जिल्लाको मनिग्राम, कपिलवस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङ्ग जिल्लाको तुल्सीपुर र लमही, वर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा गरी ११ वटा शाखाहरु विस्तार गरेको हो ।

 

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतनिधि एंव तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।

 

बैंकले देशभरका १४४ वटा शाखा, १३३ शाखारहित बैकिङ्ग सेवा र १६७ वटा एटीएमहरु मार्फत बैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

सेयर बजार घट्ने क्रम जारी, कारोबार रकममा १० करोडको गिरावट Read Previous

सेयर बजार घट्ने क्रम जारी, कारोबार रकममा १० करोडको गिरावट

आइएमईको ‘डबलको डबलको डबल’ अफरको सातौं हप्ताको विजेता घोषित Read Next

आइएमईको ‘डबलको डबलको डबल’ अफरको सातौं हप्ताको विजेता घोषित