सेयर बजार घट्ने क्रम जारी, कारोबार रकममा १० करोडको गिरावट

काठमाडौं । सेयर बजारले ओरालो यात्रा कायमै राखेको छ । हिजो करिब ६ अंकको गिरावट आएको बजारमा आज पनि करिब ५ अंकले घटेको छ । आज सूचकसँगै कारोबार रकम १० करोडले घटेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ४.८० अंकले बढेर ११३५.१६ विन्दुमा पुगेको छ । आज १५४ कम्पनीको २ ७ करोड ५४ लाख २७ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । ९ लाख ८ हजार ३६३ कित्ता सेयर किन बेच भएका छन् ।

 

कारोबार भएका ११ वटा समूहमध्ये तीन समूहको सूचक उकालो लागेका छन् भने बाँकी सबै समूहको सूचक ओरालो लागेका छन् । आज व्यापार समूहको सूचक १६.६३ अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ४०.६४ अंकले घटेको छ ।बैकिङ्ग समूह पनि ५.२६ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड १२ लाख ९८ हजार ५९५ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा माछापुच्छ्रे बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । माछापुच्छ्रेको २ करोड १२ लाख र चिलिमको २ करोड ०५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज साल्ट ट्रेडिङको सेयर मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ५.५१ प्रतिशतले घटेको छ ।

करदाताको संख्या उत्साहजनक रुपमा बढ्दै, ३ महिनामै थपिए सवा ७ लाख Read Previous

करदाताको संख्या उत्साहजनक रुपमा बढ्दै, ३ महिनामै थपिए सवा ७ लाख

माछापुच्छ्रे बैंकका एकैपटक ११ वटा नयाँ शाखा सञ्चालनमा Read Next

माछापुच्छ्रे बैंकका एकैपटक ११ वटा नयाँ शाखा सञ्चालनमा