काठमाडौं। निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यो अफर अनुसार अब ग्राहकले कर बाहेक प्रति मिनेट १ रुपैयाँमा देशभित्रका सबै नेटवर्कमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ।
यो अफर वाहेक अहिले एनसेलका ग्राहकले अन्य नेटवर्कमा कल गर्दा कर वाहेक प्रति मिनेट १ रुपैयाँ ९९ पैसा तिर्नुपर्थ्यो। यो अफर मंगलबारदेखि लागू भएको कम्पनीले जनाएको छ ।
योजना अनुसार २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर सहित २५ रुपैयाँ ५४ पैसामा लिन सक्छन्। कम्पनीका अनुसार यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो ।
यो प्याक सुरु गर्न *१७११८*७# डायल गर्नुपर्ने कम्पनीले जनायो। प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुने कम्पनीले जनाएको छ। यो अफर माघ २६ गतेसम्म कार्यान्वयनमा रहने कम्पनीले जनायो।