सेयर कारोबार गर्दा लगानीकर्ताले कहिल्यै गर्न नहुने ५ गल्ति

काठमाडौं । सेयर बजार बियरिस ट्रेण्डमा गएको लामो समय भइसकेको छ । त्यसैले लगानीकर्ताहरु निराश छन् र सेयर बजार शिथिल छ । कारोबार रकम न्यून छ । यस्तो अवस्थामा पुराना र अनुभवी लगानीकर्ताले सेयर किन्ने उपयुक्त समय यही हो भनेर बुझेका पनि छन् ।

 

तर, उनीहरुले अघिल्लो बुलमा नै आफूसँग भएको सबै पैसा लगानी गरिसकेका र बजार घट्न थालेपछि घाटा खाएर नबेचेका कारण उनीहरुसँग थप लगानी गर्ने पैसा छैन । अनी नयाँ लगानीकर्ता त जहिल्यै पनि बजार बढेर हल्ला खल्ला धेरै हुन थालेपछि, आफ्ना नजिकका आफन्त र साथीभाइहरुले पैसा कमाएको देखेपछि मात्र बजार पस्ने गर्छन् ।

 

त्यसैले अलि परिपक्व लगानीकर्ता नभएको बजार राम्रोसँग विकास र विस्तार हुन पनि समस्या नै हुन्छ । यसमा सरकार वा नियमन निकायको मात्र पनि भूमिका हुने होइन । लगानीकर्ता आफैं सचेत हुनुपर्छ ।

 

त्यसैले यहाँ लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा सामान्यत सधैं गर्ने तर, गर्न भने नहुने केही गल्तिहरु उल्लेख गरिएका छन् :

 

१. फाइदा धेरै खोज्ने

 

सेयर बजारमा लगानीकर्ताहरु गुणामा कमाउन चाहन्छन् , प्रतिशतमा होइन ! रातारात धनी हुनुपर्ने । तर, कसरी ? थाहा छैन ।
अत्याधिक फाइदा खोज्ने तर सेयर मूल्यलाई कम्पनीको उचित मूल्याकंनसँग नदाज्ने । साथै कम्पनीको भावी योजना, वृद्धि हुने आधार लगायत अधारभूत कुरामा ध्यान नदिइ छिटो र धेरै प्रतिफलको आश राख्ने ।

 

२. घाटा भएमा लामो समय होल्ड गर्ने तर थोरै नाफा भए पनि चाँडै बेचिहाल्ने

 

नोकिया र एप्पलको उदाहरणले यो अझ प्रस्ट हुन्छ । अनुमान गर्नुस, सन् २००७ मा तपाईंसँग एप्पल र नोकियाको सेयर थियो, जति बेला एप्पलले आइफोनको घोषणा गर्यो ।

 

त्यसपछि सन् २०१० को अन्त्यमा एप्पलको सेयर १ सय ३० प्रतिशतले माथि गयो भने नोकिया ७० प्रतिशतले ओरालो लाग्यो । यस्तोमा सामान्य मानिसहरु के गर्छन् भने एप्पलको मुनाफा बुक गरिहाल्छन् अनी नोकिया फेरी बढ्छ भनेर आश गरेर पालिरहन्छन् ।

 

हामी सबैलाई थाहा छ अहिले नोकिया र एप्पलको हैसियत के छ भनेर । यस्तो हुने भनेको आफूले किन्ने र बेच्ने कम्पनीको व्यवसायको प्रकृति, आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको बारेमा सुँइको नहुनु र थाहा पाउने प्रयास पनि नगर्नु ।

 

३. बढी जोखिम र कम विविधिकरण

 

बजार बढ्दै गर्दा मानिसहरु अत्याधिक मात्रामा उत्साहित हुने र कम पूँजी भएका र जोखिमयुक्त कम्पनीमा ठूलो मात्रामा लगानी गर्ने गर्छन् । जसका कारण बजार घट्दै गर्दा ठूला र राम्रा कम्पनीका तुलनामा यस्ता कम्पनीका सेयर अस्वभाविक खस्न थाल्छन् ।

 

तर, राम्रा कम्पनीमा विविधिकरण गरी लगानी गरेमा बजारको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।पछिल्लो बुल रनमा साना लघुवित्त र जलविद्युत कम्पनीहरुमा लगानी गरेर मानिसहरुले धेरै पैसा गुमाएका छन् ।

 

४. अनुसन्धान बिना अरुको सुझावमा गर्ने लगानी

 

अलिकति जगेडा पैसा छ कहाँ लगानी गरौं ? भनेर सोध्ने । तर, आफू अध्ययन अनुसन्धान नगर्ने प्रवृति सेयर बजारमा पैसा गुमाउने दोश्रो प्रमुख कारण हो । अधिकांश समय सामाजिक सञ्जालमा भुलिने तर, आफ्नो वित्तीय व्यवस्थापनको लागि समय नै खर्च नगर्ने प्रवृति घातक छ ।

 

अहिलेको जस्तो वित्तीय अर्थतन्त्रको समयमा शारिरीक तन्दुरुस्ती र वित्तीय तन्दुरुस्ती दुवैको खाँचो र सुखी जीवनको लागि ।

 

५. सेयरको मूल्यमा वृद्धि हुँदा किन्ने र घट्दै गर्दा बेचिहाल्ने

 

अहिलेको घट्दो बजारमा निरास र आत्तिएका लगानी कर्ताहरुले यो बुदाँको थप पुष्टि गर्छन् । अहिले बढि तिनै आत्तिएका छन् जसले बढ्दो वा पूर्णरुपमा बढिसकेको (पछिल्लो बुल रनमा) बजारमा सेयर किनेका थिए । अहिले उनीहरु नै बजार अलिकति बढ्यो कि अत्तिएर बेच्न आइरिइहाल्छन् ।

मर्जरमा जाने संस्थाका संचालक र कर्मचारीले १ वर्षसम्म सेयर बेच्न नपाउने Read Previous

मर्जरमा जाने संस्थाका संचालक र कर्मचारीले १ वर्षसम्म सेयर बेच्न नपाउने

अब एनसेलबाट अरु नेटवर्कमा कल गर्दा पनि मिनेटको १ रुपैयाँ मात्रै Read Next

अब एनसेलबाट अरु नेटवर्कमा कल गर्दा पनि मिनेटको १ रुपैयाँ मात्रै