मर्जरमा जाने संस्थाका संचालक र कर्मचारीले १ वर्षसम्म सेयर बेच्न नपाउने

काठमाडौं । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाका संचालक तथा उच्च कर्मचारी र तिनका परिवारले १ वर्षसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सेयर खरिदबिक्री गर्न नपाउने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्था मर्जरमा गएपछि त्यसको १ वर्षसम्म सञ्चालक र कर्मचारीले सेयर बेच्न नपाउने व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका संचालक,प्रमुख कार्यकारी अधिकृत,लेखापररीक्षक,कम्पनी सचिव, संस्थाको लेखा तथा व्यवस्थापनमा संलग्न कर्मचारी पदमा बहाल रहेको वा अवकास पाएको एकवर्षसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्था तथा सम्बन्धित सहायक कम्पनीको सेयर आफ्नो,परिवार तथा निजको नाममा रहेको कम्पनीको नाममा ,खरिदबिक्री गर्न पाउने छैनन् ।

 

त्यस्तै सम्बन्धित कम्पनीको सेयर धितो राख्न, अर्को व्यक्तिमा हस्तान्तरण गर्न र दान दिन नपाउने व्यवस्था गरिएको छ । प्राप्ति (एक्वाएर) गरिएको संस्थाको हकमा भने बिलय भएर जाने संस्थाका संचालक तथा कर्मचारीले सेयर किनबेच गर्दा भने सो नीतिमा बाधा नपारिने निर्देशिमा उल्लेख छ ।

फास्ट ट्रयाकको २५ किलोमिटर सडक तत्काल कालोपत्रे हुने Read Previous

फास्ट ट्रयाकको २५ किलोमिटर सडक तत्काल कालोपत्रे हुने

सेयर कारोबार गर्दा लगानीकर्ताले कहिल्यै गर्न नहुने ५ गल्ति Read Next

सेयर कारोबार गर्दा लगानीकर्ताले कहिल्यै गर्न नहुने ५ गल्ति