काठमाडौं । ट्याक्सी, ट्याम्पु, ट्रक र ट्यांकर चालक आन्दोलनमा उत्रिएका छन् । विभिन्न माग राख्दै उनीहरुले कलंकी बाफल चोकबाट विरोध र्याली निकालेका हुन् ।
सो र्यालीले चक्रपथ परिक्रमा गर्ने बताइएको छ । राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको नेतृत्वमा विरोध र्याली सुरु भएको हो ।
उनीहरुले २० वर्ष पुराना गाडी हटाउनुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्ने, रातो प्लेटले यात्रु बोक्ने नीति खारेज गर्नुपर्ने, ट्राफिक ज्यादती बन्द गर्नुपर्ने, ट्याक्सी स्टेन्डको अनिवार्य व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन् ।