काठमाडौं । अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ ।
कम्पनीको संचालक समितिको असार १२ गते बसेको बैठकले हकप्रद प्रयोजनका लागि असार २२ गते बुकक्लोज मिति तोकेको हो। सो अनुसार असार २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बरारबको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ५ वटा आयोजना संचालन गरिरहेको छ ।
जसमा ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १.१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना रहेका छन् ।
यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।