राष्ट्र बैंकले प्रणालीबाट पैसा तानेपछि अन्तर बैंक ब्याजदर ३ दिनमै दोब्बर

काठमाडौं । अन्तर बैंक ब्याजदर ३ दिनमै झन्डै दोब्बरले बढेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै राष्ट्र बैंकले दुईपटकमा रिभर्स रिपोमार्फत ३० अर्ब रुपैयाँ तानेपछि अन्तर बैंक ब्याजदर ह्वात्तै बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत शुक्रबार अन्तर बैंक ब्याजदर २.६५ प्रतिशत रहेकोमा सोमबार आइपुग्दा दोब्बरले बढेर ५.११ प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकले अघिल्लो साता १० अर्ब रुपैयाँ र गत साता २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो ।राष्ट्र बैंकले ब्याजदर करिडोरभन्दा तल अन्तर बैंक ब्याजदर नजाओस् भनेर रिपोर्स रिपो जारी गरेको थियो।

यसअघि बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा र कर्जाको माग समेत नभएपछि अन्तर बैंक ब्याजदर लगातार घट्दै आएको थियो । अहिले पनि कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा झन्डै ३ खर्ब तरलता रहेको छ ।

कर्जाको अधिक माग हुँदा बैंकहरूले एक अर्को बैंकसँग पैसा सापटी लिएर लगानी योग्य रकमको व्यवस्थापन गर्ने गर्छन् । यसरी एउटा बैंकले अर्को बैंकसँग पैसा सापटी लिएबापत ब्याद तिर्छन् । त्यसैलाई अन्तर बैंक ब्याजदर भनिन्छ ।

प्रणालीमा लगानी योग्य रकम पर्याप्त रहेपछि अहिले बैंकहरुले राष्ट्र बैंकले प्रदान गर्ने स्थायी तरलता सुविधा समेत लिन छाडेका छन् ।

खाद्यन्न उत्पादन ५.७ प्रतिशतले बढ्यो, अण्डा उत्पादन २६.३ प्रतिशत घट्यो Read Previous

खाद्यन्न उत्पादन ५.७ प्रतिशतले बढ्यो, अण्डा उत्पादन २६.३ प्रतिशत घट्यो

हकप्रद प्रयोजनका लागि अपि पावरले तोक्यो बुकक्लोज Read Next

हकप्रद प्रयोजनका लागि अपि पावरले तोक्यो बुकक्लोज