अरुण काबेलीले पायो हकप्रद जारी गर्न अनुमति

काठमाडौं । अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर विक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो ।

हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीके हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

ट्याक्सी, ट्याम्पु, ट्रक चालक आन्दोलनमा, रिङरोड परिक्रमा गर्ने Read Previous

ट्याक्सी, ट्याम्पु, ट्रक चालक आन्दोलनमा, रिङरोड परिक्रमा गर्ने

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक Read Next

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक