३० दिन भित्र विवरण बुझाउन सहकारी संस्थालाई महानगरको निर्देशन, नबुझाए खारेज गर्दिने

काठमाडौं । पछिल्लो समय स्वास्थ्य र शैक्षिक संस्थाहरूलाई कडाइका साथ नियमन गर्दै आएको काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई पनि कडाइ गर्ने भएको हो ।

महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सहकारी संस्थाहरूलाई ३० दिन भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

महानगरले अहिलेसम्म सहकारीहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत विवरण नबुझाएको भन्दै ३० दिन भित्र बुझाउन भनेकाे हो ।

महानगरपालिका सहकारी ऐनले सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष सकिएको मितिले ६ महिना भित्र बोलाउनुपर्ने, आव सकिएको बढीमा ३ महिना भित्र लेखापरीक्षकबाट प्रत्येक आवको लेखापरीक्षण गराउनुपर्ने भएपनि त्यसो नगरिएको भन्दै महानगरले सबै सहकारीलाई यथाशीघ्र विवरण अद्यावधिक गर्न भनेको हो ।

महानगरले ३० दिन भित्र विवरण नबुझाए र कानुनी प्रावधानहरु उल्लंघन गरेमा त्यस्ता सहकारी संस्था विघटन वा दर्ता नै खारेज गर्ने चेतावनी समेत दिएको छ ।

तेह्रथुम पावरले हकप्रद सेयर जारी गर्ने Read Previous

तेह्रथुम पावरले हकप्रद सेयर जारी गर्ने

भैरहवाबाट नयाँ दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स Read Next

भैरहवाबाट नयाँ दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स