तेह्रथुम पावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनी संचालक समितिको असार १२ गते बसेको बैठकले १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेका हुन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले क्यासकेट परियोजनाको रुपमा रहेको २ मेगावाटको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्न र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने उद्देश्यले हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

प्रस्तावित हकप्रद निष्काशन प्रक्रिया कम्पनीको साधरण सभाबाट पारित, विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि अघि बढ्ने छ ।

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कतिले भरे ? Read Previous

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कतिले भरे ?

३० दिन भित्र विवरण बुझाउन सहकारी संस्थालाई महानगरको निर्देशन, नबुझाए खारेज गर्दिने Read Next

३० दिन भित्र विवरण बुझाउन सहकारी संस्थालाई महानगरको निर्देशन, नबुझाए खारेज गर्दिने