अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कतिले भरे ?

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार १० गतेदेखि बिक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ३९ हजार ५०० कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयर मार्फत अनलाइन् आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँद छ ।

कम्पनीले निर्माण गरीरहेको २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ।

कतिले भरे ?

कम्पनीको आइपीओमा ३ दिनमै झन्डै गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार मंगलबार (अपराह्न ५ बजेसम्म) कम्पनीको आइपीओमा ९ लाख ६ हजार १०८ जनाले  ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् ।

उनीहरुले ९९ करोड ४५ लाख रुपैयाँ बढीको आवेदन गरेका हुन् ।

असार २५ गतेदेखि सरकारले भुक्तानी नदिने, २४ गतेभित्रै गरिसक्न परिपत्र Read Previous

असार २५ गतेदेखि सरकारले भुक्तानी नदिने, २४ गतेभित्रै गरिसक्न परिपत्र

तेह्रथुम पावरले हकप्रद सेयर जारी गर्ने Read Next

तेह्रथुम पावरले हकप्रद सेयर जारी गर्ने