भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आज काठमाडौंकाे नक्सालबाट  नियन्त्रणमा लिएको हो ।

ललिता निवासको सरकारी जग्गा हडप्न उनले कागजात कीर्ते गरेको कसुरमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको सीआइबीले जनाएको छ ।

ललिता निवास जग्गा काण्डको बारेमा सीआइबीले डेढ वर्ष अघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । तर, सीआइबीले फेरि थप अनुसन्धानका लागि भन्दै उक्त फाइल फिर्ता लगे पनि अनुसन्धान हुन सकेको थिएन ।

अहिले फेरि सो प्रकरणका बारेमा थप अनुसनधान गर्न भन्दै गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा  गुरूङ २ करोड धरौटीमा छुटेका थिए ।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ ।

 

त्रिभुवन विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागत गर्न ३ जना मात्र जान पाउने Read Previous

त्रिभुवन विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागत गर्न ३ जना मात्र जान पाउने

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई मन्त्रालयले सोध्यो ९ बुँदे स्पष्टीकरण (पत्रसहित) Read Next

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई मन्त्रालयले सोध्यो ९ बुँदे स्पष्टीकरण (पत्रसहित)