त्रिभुवन विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागत गर्न ३ जना मात्र जान पाउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाइ र स्वागतमा कडाइ गरिएको छ ।

विमानस्थलको ट्रमिनल भवन बाहिर आफन्त बिदाइ र स्वागतका लागि जानेहरुको भीड बढेपछि विमानस्थल कार्यालयले  अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाउने व्यवस्था गरेको हो ।

यात्रुको बिदाइ तथा स्वागतका लागि आवश्यकता भन्दा बढी मानिसहरु जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल बाहिर अत्यधिक भीड हुने गरेको छ । त्यसले ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेकाले भीड नियन्त्रणका लागि कडाइ गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

टर्मिनल भवन अगाडि भीड बढ्दा यात्रुको सेवामा असर परेको र प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको विमानस्थल सुरक्षा समितिकाे भनाइ छ ।

अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भीड हुने गरेको छ ।पछिल्लो समय दैनिक २५०० बढी नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । उनीहरूलाई बिदाइ गर्न ठूलो संख्यामा आफन्तहरु विमानस्थलसम्म जाने गरेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भरिरहेका छन् ।

पैसा थुप्रिएपछि बैंकहरूले लिन छाडे सापटी, अन्तर बैंक ब्याजदर डेढ वर्ष यताकै सस्तो Read Previous

पैसा थुप्रिएपछि बैंकहरूले लिन छाडे सापटी, अन्तर बैंक ब्याजदर डेढ वर्ष यताकै सस्तो

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ Read Next

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ