नेपाल लाइफको खुद नाफा २० करोड ४४ लाख

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा २० करोड ४४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.१२ प्रतिशत बढी हो । नेपालले अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २० करोड ४१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

प्रथम त्रैमासम्ममा कम्पनीले पुर्नबीमा कमिशनबाट १ करोड ३२ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ४० करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तै बीमालेख धितोमा १४ अर्ब ६६ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेर ३८ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ।

 

कम्पनीले समीक्षा अवधिमा ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिको तुलनामा इन्स्योरेन्सले २ अर्ब ३८ करोड ५४ लाख रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो।अघिल्लो आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

 

असोज मसान्तसम्ममा जीवन बीमा कोषमा ७२ अर्ब ३३ करोड ३० लाख रुपैयाँ, जगेडा कोषमा २ अर्ब ६४ करोड १२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ।

 

हालसम्म कम्पनीले १२ लाख ३९ हजार २४८ वटा बीमा लेखहरु जारी गरी कूल ९९ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। यस त्रैमासमा मात्रै कम्पनीले ७ अर्ब ९२ करोड ८७ लाख कुल बीमा शुल्क आर्जन गरेको हो।

 

चालू आवको तीन महिना अवधिमा इन्स्योरेन्सले ११ हजार १६५ वटा दाबी वापत १ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ३० करोड २६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ह्वात्तै घटायो लाभांश Read Previous

नेपाल इन्भेष्टमेन्ट बैंकले ह्वात्तै घटायो लाभांश

राजश्व छली गर्ने भारतीय नागरिक विरुद्ध मुद्दा दायर Read Next

राजश्व छली गर्ने भारतीय नागरिक विरुद्ध मुद्दा दायर