काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली विल विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा दुई कम्पनीलाई कारवाही माग गर्दै संचालक विरुद्ध मुद्दा दायर गरेको छ ।
हस्पी केयर इन्टरनेशनल र शयाम ट्रेडर्सलाई राजश्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको हो । विभागले त्रिपुरेश्वरस्थित श्याम ट्रेडर्सका व्यवसायी भारतीय नागरिक केशब बंशललाई ११ करोड १९ लाख बिगोको दोब्बर जरिवाना र ३ वर्षसम्मको कैदको मागदाबी सहित जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । सो विषयमा कात्तिक २५ गते मुद्दा दर्ता गरिएको हो ।
हस्पी केयर इन्टरनेशनल र श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिबृद्धि कर र आयकर छलेको अभियोग विभागले लगाएको छ ।
विभागको मागदाबीमा भारतीय नागरिक केशव वंशलले सञ्चालन गरेको हस्पी केयर इन्टरनेसनलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधनहरू नेपाली नागरिकहरुको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको उल्लेख छ ।