बचतकर्ताको अर्बाैं ठगेर भागेका शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं । सहकारीका बचतकर्ताको अर्बाैं रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी)ले उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको हो । सीआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए ।

अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ ।

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सीआइवीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए ।

एक सूचना जारी गरी सिआइवीले भक्तपुरमा कार्यालय भई काठमाडौँ, ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोध गरेको छ ।

चरम गरीबीमा डुबेको चीन ४ दशकमै कसरी बन्यो विश्व महाशक्ति ? Read Previous

चरम गरीबीमा डुबेको चीन ४ दशकमै कसरी बन्यो विश्व महाशक्ति ?

पैसा थुप्रिएपछि बैंकहरूले लिन छाडे सापटी, अन्तर बैंक ब्याजदर डेढ वर्ष यताकै सस्तो Read Next

पैसा थुप्रिएपछि बैंकहरूले लिन छाडे सापटी, अन्तर बैंक ब्याजदर डेढ वर्ष यताकै सस्तो