चरम गरीबीमा डुबेको चीन ४ दशकमै कसरी बन्यो विश्व महाशक्ति ?

काठमाडौं । चीनले पछिल्लो चार दशकमा अद्भूत आर्थिक ट्रान्सफर्ममेसन गरेको छ । ४० वर्षअघि ९० प्रतिशत भन्दाबढी गरिबी र भोकमरीले प्रताडीत चीन आजको दिनमा विश्वको पहिलो महाशक्ति बन्नेबाटोमा छ ।

सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको योगदान २ प्रतिशत रहेकोमा आज १८ प्रतिशतभन्दा बढी पुगेको छ । सन् २०२० को दशकसम्म आइपुग्दा चीनमा गरीबी १ प्रतिशतभन्दा कम रहेको दाबी गरिएको छ ।

अहिले अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्रको चीनको छ । चार दशकमा गरिएको यस अकल्पनीय विकास र परिवर्तनले आज विश्वलाई नै चकित बनाएको छ ।

इतिहास

क्षेत्रफलको हिसाबले विश्वको चौथो ठूलो देश चीन जनसंख्यामा पहिलो स्थानमा छ । यद्यपि, पछिल्लो समय भारतले चीनको जनसंख्या उछिनेर पहिलो बनेको छ । चार हजार वर्ष लामो इतिहास भएको चीन १९औं शताब्दीमा भूगोल र शक्तिको हिसाबले सफल मुलुक मान्थ्यिो ।

यो अवधिमा विश्व सम्राज्य बनाइरहेको बेलायतले समग्र चीनमा शासन गर्न नसके पनि अलगअलग क्षेत्रमा भने केही प्रभाव जमाएको थियो । सन् १८३९ देखि १९४९ को अवधिलाई चीनले अपमानको शताब्दीको रूपमा लिनेगरेको छ ।

सन् १८३९ मा ब्रिटिसले आफ्नो प्रभुत्व जमाउन चिनियाँ समाजमा ड्रग्स र अफिम प्रयोग गराएर जमिन तथा भौतिक सम्पत्तिमाथि कब्जा गर्ने रणनीति लियो । जसमा उनीहरूले जबरजस्ती आफ्नो जमिन र सम्पत्ति ब्रिटिसको हातमा सुम्पिनु पथ्र्यो । सन् १८५० टाइपिङ रेभिलियन नामक भयंकर सिभिल वार भयो भने त्यसमा लाखौं मानिसले ज्यान गुमाए ।

त्यसको ४० वर्षपछि सन् १८९४ मा ‘सिनो जापनिज वार’ चल्यो । चीनको सत्ता परिवर्तन र जापानसँगको युद्धमा नागरिकहरूले झन प्रताडना भोगे । सन् १९३७-१९४५ को बीचमा जापनिज सम्राज्यवादबाट चीन भयानक अत्याचार भोग्न बाध्य भयो ।

दोस्रो विश्वयुद्धमा चीन जापानको विरुद्धमा लडिरहेको थियो । जसमा ३० मिलियन बढी चिनियाँ नागरिकले ज्यान गुमाए । यसबीच एलाइड पावरका साथ लडेको चीनले दोस्रो विश्वयुद्ध जित्यो भने जापान पछि हट्यो ।

यो युद्ध टुंगिएसँगै चीनको सामु गृहयुद्ध आयो । चिनियाँ कम्युनिष्ट पार्टी र नेशनलिष्ट पार्टी गृहयुद्धमा होमिए । यसको सुरूआत भने सन् १९२७ मा भएको थियो । जब जापानले दोस्रो विश्वयुद्ध सुरू गरेपछि उनीहरूले आन्तरिक गृहयुद्ध स्थगित गरे ।

सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीले युद्ध जितेपछि सत्तामा आयो भने नेशनलिष्ट पार्टी भने युद्ध हारेर आइल्यान्ड भागे । जसलाई आज ताइवानको नामले चिनिन्छ । ।

माओ जेदुङको उदय

नेशनलिष्ट पार्टीले युद्ध हारेर भागेपछि चीनको मुख्य जुन भूभाग थियो त्यहाँ माओ जेदुङको राज्य सत्ता सुरू भयो । १ अक्टोबर १९४९ मा उनी शासनमा आए भने यहीँ विन्दुबाट आजको ‘पिपुल्स रिपब्लिक अफ चाइनाको’ जन्म भएर आजको उसको यात्रा प्रारम्भ भयो ।

सन् १९५८ मा माओले ‘गेट लिप फरवार्ड’ क्याम्पिएनको घेषणा गरे । यसको मुख्य उद्देश्य देशमा सामाजिक र आर्थिक ट्रान्सर्फर्मेसन् थियो । यसका लागि उनका दुई मुख्य नीति थिए । पहिलो, जमिन किसानलाई बाँड्ने ( ल्याण्ड रिडिष्ट्रिब्युसन् ) ।

त्यसका लागि उनले कृषि सहकारी बनाएर उत्पादन सुरू गरे । जमिनको स्वामित्व भने सरकारकै थियो । दोस्रो नीति औद्योगिकरण थियो । यस अन्तर्गत एकातिर ठूला औद्यौगिक प्लान्ट बनाउनका लागि स्टील उत्पादन र अर्कोतिर सबै जनताले घरमा स—साना स्टील उत्पादन गर्नु पर्ने व्यवस्था गरे ।

माओको यी दुवै नीतिको उद्देश्य राम्रो भए पनि व्यवहारमा भने त्यसको नतिजा राम्रो देखिएन । किनभने, प्रत्येक घरमा स्टील उत्पादन गरेर त्यसको गुणस्तर भएन् भने स्रोतको मात्रै नोक्सानी भयो । अर्को, कृषि उत्पादनमा कुनै नाफा वितरण नहुने र जमिनमा आफ्नो स्वामित्व नभएकाले कृषकले उत्पादन बढाएनन् ।

जमिनको पूर्ण स्वामित्व सरकारको थियो भने त्यसमा उत्पादन गरेको वस्तु सरकारलाई नै दिनुपर्ने भएकाले कृषकले राम्रो काम गरेनन् । सोही कारण कृषि उत्पादनमा सन् १९५८ देखि १९६१ को बीचमा १५ प्रतिशतले गिरावट आयो ।

माओको यो नीति र प्रतिकूल मौसमका कारण उत्पादनमा भारी गिरावट आउँदा भोकमरी अप्रत्यासित रूपमा वृद्धि भयो । ‘ग्रेट चिनियाँ अनिकाल’का कारण यस अवधिमा करिब २० देखि ४० मिलियनको हाराहारीमा मानिसको मृत्यु भयो ।

माओ जेदुङ एक तानाशाह थिए । उनले यो नीतिको सन्तुलन र असरको बारेमा कसैको सुझाव लिएनन् । बरु उनले खाद्य उत्पादन बढाउन खेतमा भएका सबै चराचुरुङगी मार्न आदेश दिए ।

खेतमा दाना खाने यी पन्छीहरूलाई मारेपछि कृषिको ‘इकोसिष्टम’मै नकारात्मक असर देखियो भने किरा खाने चरा नै मारेपछि किराले बालीमा झनै नोक्सान पुर्याए । यसले चीनमा अनिकाल थप बढायो तर माओ आफूले गरेको गल्ती स्वीकार गर्न तयार थिएनन् ।

सन् १९६६ मा अर्को सांस्कृतिक क्रान्ति (कल्चरल रेभ्युलुसन) सुरू गरियो । यसको उद्देश्य माओको शक्ति प्रदर्शन गर्नु थियो । विद्यार्थीहरूलाई रेड गार्ड नामक नागरिक आर्मी बनाएर माओले आफ्ना विरोधीहरूलाई तह लगाए ।

सांस्कृतिक क्रान्तिको नाममा जनतामाथिको अत्याचार असह्य भएपछि सन् १९६८ मा उनले रेडगार्ड सिष्टम फिर्ता लिए । यसअवधिमा उनको विचारधार विरुद्धमा बोल्ने तथा स्वतन्त्रताको वकालत गर्ने करिब ५० मिलियन जनताको भएको भन्ने गरिन्छ ।

सन् १९७६ मा खराब स्वास्थ्यका कारण माओ जेदुङको मृत्यु भयो । यसअवधिसम्म चीनको खराब अवस्थामा सुधार आउन सकेन । यद्यपि, महिला समानता, शिक्षाको क्षेत्रमा भने व्यापक परिवर्तन आएको थियो । माओले असाक्षरता हटाउन आफ्नो नेतृत्वमा ‘नेशनल बाइट पब्लिक एजुकेशन’ कार्यक्रम ल्याए ।

यसले चीनको शिक्षा क्षेत्रमा व्यापक रुपान्तरण ल्यायो । यही समयमा एउटा बलियो शैक्षिक फाउन्डेसन बन्यो । जसले करोडौं चिनियाँ नागरिकलाई गरिबीबाट मुक्ति दिलायो । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा सरकारले रणनीतिक लगानी बढायो । यसकै आधारमा प्रविधिको महत्वपूर्ण पुल तयार गर्न चीन सफल भयो । जहाँ आजको दिनमा सफ्टवेयर डेभलपमेन्ट र डेटासाइन्समा विश्व नै होमिएको छ ।

दिङको इकनमिक लिबरिजमले गरेको रुपान्तरण

माओ जेदुङको मृत्युपछि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा दिङ जाओपिङ आए । उनलाई अहिले चीनले आधुनिक चीनका पिता भन्छ । जाओपिङकै शासन कालदेखि चीनको असल ट्रान्र्फर्मेसन् सुरू भयो ।

जाओपिङ माओको शासनकालमा उनकै विरुद्धमा थिए । सांस्कृतिक क्रान्ति पनि जाओपिङलाई जबजस्ती स्वीकार्नु पर्ने बाध्यता थियो । चीनको इतिहासमा यी दुवै नेतृत्वको विचारधारा अलग थिए । चिनियाँ अर्थतन्त्रमा सरकारको चाहिनेभन्दा बढी हस्तक्षेप छ भन्ने दिङ जाओपिङको मान्यता थियो ।

सोही कारण ५० वर्षका देशको अर्थतन्त्र सत्यानाश भएको उनको धारणा थियो भने त्यसलाई सफल उचाइमा पुर्याउन उनी चाहन्थ्ये । सोही नीति अनुरुप उनले आर्थिक स्वतन्त्रता ‘इकनोमिक लिबरलाइजेसन’ ल्याए ।

उनको यही नीतिलाई चिनियाँ कम्पयुनिष्ट पार्टीले आज चिनियाँ विशेषताको समाजवाद नाम दिने गरेको छ । दिङले ‘हाउहोल्ट रेस्पोन्सबिलिटी’ प्रणाली अपनाए । जुन माओको कृषि क्षेत्रमा लिएको नीतिको उल्टो थियो ।

जसमा किसानलाई लामो अवधिसम्म लिजमा जमिन दिएर त्यसमा उत्पादन, वितरण र नाफाको स्वअधिकार कृषकलाई नै दिए । उत्पादनको निश्चित तार्गेट र त्यसपछि नाफा हुने भएपछि कृषकले उत्पादन निकै बढाउन थाले । दिङको यो कृषि नीति सफल साबित भयो ।

उनले उद्योगमा पनि यही ‘फ्याक्ट्री म्यानेजर रेस्पोन्सिबिलिटी सिष्टम’ नीति लिए । माओको पालामा उद्योगको जिम्मेवारी कम्युनिष्ट पार्टीमा थियो भने राजनीतिक प्रभावले त्यहाँ पनि उत्पादन बढ्न सकेको थिएन ।

उद्योगले के उत्पादन गर्ने, कति त्यसको लक्ष्य राख्ने, मूल्य कति राख्ने र कामदार, उनीहरूको तलब कति राख्र्ने विषयमा दिङले उद्योगलाई नै स्वतन्त्रता दिए । सोही कारण औद्योगिक उत्पादनमा पनि निकै सुधार र प्रतिस्पर्धा देखियो ।

अर्थतन्त्रमा माओको केन्द्रकृत नीति र देङको विकेन्द्रित स्वतन्त्र नीति थियो । देङको लिबरल नीतिले उत्पादन मात्र बढाएन्, धेरै नागरिकलाई गरीबीबाट बाहिर निकाल्यो । सन् १९७८ र १९८४ को बीचमा कृषि उत्पादन ७.४ प्रतिशतको अनुपातमा वृद्धि भयो ।

यसअवधिमा ग्रीन प्रोडक्सन दोब्बर बढ्यो । देङले अर्को शिक्षाको क्रान्ति अघि बढाए । उनले सन् १९८६ मा बालबालिकाको लागि ९ वर्षसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे । शिक्षामा लगानी बढउँदै लग्यो ।

यही कारण सन् १९८२ मा ६५.५१ प्रतिशत रहेको साक्षरता दर २०१८ मा ९५.१ प्रतिशत पुग्यो । यससँगै उनको अर्को विकास रणनीति टीभीई (टउसीप एण्ड भिलेज इन्टरप्राइजेज) थियो ।

अहिले टीभीई मोडल चीनको सबै क्षेत्रमा छ भने १९९० सम्म १०० मिलियन रोजगारी सृजना गरेर यसले कुल अर्थतन्त्रको २० प्रतिशत हिस्सा ओगटेको छ । सन् १९८० मा उनले विशेष आर्थिक क्षेत्र घोषणा गरेर कर छुट, नियमन व्यवस्था खुकुलो र कर्मचारी प्रक्रिया सहज बनाए ।

आर्थिक उदारीकरण र विदेशी लगानी भित्र्याउन गरिएको ओपन डोर नीतिले आज चीनमा बहुराष्ट्रिय कम्पनी एप्पल, नाइक, फोल्सवागन लगायत कम्पनीहरूले म्यानुप्याक्चरिङ गरिरहेका छन् ।

सन् १९८० मा ०.०६ बिलियन डलर एफडीआइ रहेको चीनमा २०२१ मा ३३३ बिलियन डलर क्रस गरेको छ । योसँगै सरकारले संरचना निर्माण र रिसर्च सेन्टरको लागि बिलियन बढी लगानी गरिहेको छ ।

अहिले चीनको प्रतिव्यक्ति आय १७ हजार ३१२ अमेरिकी डलर पुगेको छ । दिङको यही आर्थिक उदारीकरण नीतिले चीन अहिले विश्व महाशक्ति बन्नेको छ ।

 

इम्बोस्ड नम्बर प्लेट जडान कछुवाको गतिमा, ७ वर्षमा ५० हजार सवारीमा जडान Read Previous

इम्बोस्ड नम्बर प्लेट जडान कछुवाको गतिमा, ७ वर्षमा ५० हजार सवारीमा जडान

बचतकर्ताको अर्बाैं ठगेर भागेका शिवशिखरका अध्यक्ष शर्मा पक्राउ Read Next

बचतकर्ताको अर्बाैं ठगेर भागेका शिवशिखरका अध्यक्ष शर्मा पक्राउ