कृषि विकास बैंकको खुद नाफा १० प्रतिशतले बढ्यो

काठमाडौं । कृषि विकास बैंकले पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको विवरण अनुसार बैंकले सामान्य प्रगति गरेको छ ।

 

बैकले खुद नाफा, निक्षेप संकलन, कर्जा परिचालन, प्रतिसेयर आम्दानी लगायतका सूचकमा बढोत्तरी गरेको छ भने खुद ब्याज आम्दानी भने घटेको छ।

 

कृषिले असोज मसान्तसम्म ६० करोड ७३ लाख ४३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.१३ प्रतिशतले अर्थात ५ करोड ५८ लाख रुपैयाँले बढी हो।बैंकल गत वर्षको यसै अवधिमा ५५ करोड १५ लाखा खुद नाफा कमाएको थियो ।

 

एनएफआरएस प्रतिवेदन अनुसार बैंकको वितरण योग्य नाफा २६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।असोज मसान्तसम्मा बैंकले १ खर्ब २३ अर्ब ५४ करोड निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप तीन अर्ब ७८ करोड तथा कर्जामा ६६ करोड ८५ लाखले सुधार भएको हो।

 

सुस्त कर्जा विस्तार र लागत बढ्दा बैंकको खुद ब्याज आम्दानी भने ८ प्रतिशतले घटेर १ अर्ब ६६ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ। ३ अर्ब ८९ करोड ब्याज आम्दानी गरेको बैंकको ब्याजखर्च २ अर्ब २३ करोड छ।

 

बैंकको प्रतिसेयर आम्दानीमा २.४८ रुपैयाँले बढेर २३.३३ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २६३.६५ रुपैयाँ रहेको छ ।यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७१.४२ रहेकाले कर्जा विस्तारका लागि प्रशस्त ठाउँ देखिन्छ।
बैंकको खराब कर्जा ०.९३ प्रतिशतले घटेर ३.७० प्रतिशतमा झरेको छ ।

काठमाडौंमा घरजग्गा कारोबार सिथिल, पुँजीगत लाभकरले बढ्यो राजश्व Read Previous

काठमाडौंमा घरजग्गा कारोबार सिथिल, पुँजीगत लाभकरले बढ्यो राजश्व

नेपाल इन्भेष्टमेन्ट बैंकले ह्वात्तै घटायो लाभांश Read Next

नेपाल इन्भेष्टमेन्ट बैंकले ह्वात्तै घटायो लाभांश