काठमाडौंमा घरजग्गा कारोबार सिथिल, पुँजीगत लाभकरले बढ्यो राजश्व

काठमाडौं । पछिल्लो समय काठमाडौंमा घरजग्गाको कारोबार संख्यामा कमी आउन थालेको छ । घरजग्गा कारोबारको संख्यामा कमी आए पनि राजश्व संकलन र कारोबार रकममा भने खासै कमी आएको छैन ।

 

चालू आर्थिक वर्षकाे पहिलाे तीन मिहनामा  काठमाडौं भित्र २ अर्ब १४ करोड १५ लाख रुपैयाँ बराबरको राजस्व संकलन घरजग्गा कारोबारबाट भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा डेढ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा यो आर्थिक वर्ष घरजग्गा कारोबार संख्यामा समेत कमी आएको भूमिसुधार विभागले जानकारी दिएको छ ।

 

चालू आर्थिक वर्षमा सबैभन्दा बढी डिल्लीबजार मालपोत कार्यालयमा कारोबार भएको छ । डिल्लीबजारमा कूल ७६ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

 

यो अवधिमा डिल्लीबजारबाट १७ करोड ३१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ भने ५३ करोड ३१ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यस मध्ये ६ करोड १२ लाख रुपैयाँ बाग्मती सभ्यताका लागि छुट्याइएको छ । उपत्यकाको हरेक मालपोत कार्यालयले संकलन भएको रकम माफर्त ०.५ प्रतिशत रकम बाग्मती सभ्यताका लागि छुट्याउने गरेका छन् ।

 

चाबहिल मालपोत कार्यालय मार्फत यो आर्थिक वर्षमा कूल ४१ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ हजार ८ सय ५८ घरजग्गा कारोबार भएको चाबहिल मालपोत कार्यालयले जानकारी दिएको छ ।

 

भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७४ मा देशभरि कृषि योग्य भूमि खण्डीकरण हुन नदिने भन्दै जग्गा कित्ताकाट माथि रोक लगाएको थियो । सोही कारणले हालसम्म कित्ताकाट नखुल्दा जग्गाको कारोबारमा उतारचढाव आएको छ ।

 

गत वर्ष साेही अवधिमा चाबहिल मालपोत कार्यालयबाट कूल ३८ करोड ८६ लाख रुपैयाँ संकलन भएको थियो । जसमा राजश्व २५ करोड ७२ लाख रुपैयाँ र पूँजीगत लाभकर १३ करोड १४ लाख रुपैयाँ संकलन भएको थियो ।

 

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कलंकी मालपोत कार्यालय मार्फत कूल ६३ करोड ९० लाख रुपैयाँ संकलन भएकाे छ । मालपोत कार्यालयका अनुसार २४ करोड ३९ लाख पूँजीगत लाभकर संकलन भएको छ भने ३९ करोड ५१ लाख रुपैयाँ राजश्व संकलन भएको हाे ।

 

गत वर्षको असोज मसान्तसम्ममा कलंकी मालपोत कार्यालयले ४८ करोड ६८ लाख रुपैयाँ संकलन गरेको थियो । सो अवधिमा ३० करोड ६३ लाख राजश्व संकलन भएको थियो भने १८ करोड ४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।

 

मनमैजु मालपोत कार्यालयबाट चालू आर्थिक वर्षमा २० करोड १२ लाख रुपैयाँ स‌कलन भएको छ । याे तिन महिनाकाे अवधिमा १३ करोड राजश्व संकलन भएको छ भने ६ करोड ८७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

 

गत वर्ष मनमैजु मालपोत कार्यालयले १४ करोड ४५ लाख रुपैयाँ बराबरको घरजग्गा कारोबार  कर उठाएकाे थियो । सो अवधिमा ४ करोड ८७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो भने ९ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

साँखु मालपोत माफर्त चालूआर्थिक वर्षमा ११ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो अवधिमा ७ करोड २७ लाख राजश्व र ४ करोड ११ लाख पूँजीगत लाभकर संकलन भएको छ ।

 

यस्तै, गत आर्थिक वर्षकाे असोज मसान्तसम्ममा साँखु मालपोत कार्यालयले कूल ११ करोड ७० लाख रुपैयाँ संकलन भएकाे थियाे । जसमा ७ करोड ४२ लाख रुपैयाँ राजश्व र ४ करोड ८ लाख पूँजीगत लाभकर संकलन भएको थियो ।

 

टोखा मालपोत कार्यालय मार्फत चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २५ करोड १७ लाख रुपैयाँ संकलन भएकाे छ ।  सो अवधिमा १६ करोड ३४ लाख रुपैयाँ राजश्व र ८ करोड ८३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हाे ।

 

भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७४ मा देशभरि कृषि योग्य भूमि खण्डीकरण हुन नदिने भन्दै जग्गा कित्ताकाट माथि रोक लगाएको थियो । सोही कारणले हालसम्म कित्ताकाट नखुल्दा जग्गाको कारोबारमा उतारचढाव आएको हाे ।

विदेशिनेको संख्यासँगै रेमिट्यान्स पनि घट्यो Read Previous

विदेशिनेको संख्यासँगै रेमिट्यान्स पनि घट्यो

कृषि विकास बैंकको खुद नाफा १० प्रतिशतले बढ्यो Read Next

कृषि विकास बैंकको खुद नाफा १० प्रतिशतले बढ्यो