प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना ल्याउँदै

काठमाडौं । साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई बनेको ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ले साउन १ गतेदेखि १५ वटा बीमा योजना संचालनमा ल्याउने भएका छन् ।

असारभित्रै एकीकृत कारोबार गर्ने तयारी गरेका दुई कम्पनीले मर्जपछि विभिन्न १५ वटा बीमा योजना ल्याउने भएका हुन् ।

दुवै कम्पनीका कर्मचारीको अध्यन विश्लेषणपछि साउन १ गतेबाट बिक्रीमा लागि १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबारपछि प्रचलनमा ल्याउन ती योजनाहरु स्वीकृति समेत प्राप्त भइसकेको जनाएका छन् ।

नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याइने कम्पनीले जनाएको छ ।

सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु प्रचलनमा रहेन संयुक्त विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं महानगरले ल्यायो २५.५४ अर्बको बजेट (पूर्णपाठ) Read Previous

काठमाडौं महानगरले ल्यायो २५.५४ अर्बको बजेट (पूर्णपाठ)

एकैपटक दुई हाइड्रोपावर पाए आइपीओ बिक्री गर्न अनुमति, एउटाले प्रिमियममा बेच्ने Read Next

एकैपटक दुई हाइड्रोपावर पाए आइपीओ बिक्री गर्न अनुमति, एउटाले प्रिमियममा बेच्ने