एकैपटक दुई हाइड्रोपावर पाए आइपीओ बिक्री गर्न अनुमति, एउटाले प्रिमियममा बेच्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले असार १० गते मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि आइपीओ बिक्री गर्न अनुमति पाएका हुन् ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ ।

यस्तै, भगवती हाइड्रोपावरलाई प्रिमियम थपेर सेयर बेच्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले अंकित मूल्य १०० मा १६ रुपैयाँ प्रिमियम जोडर प्रतिकित्ता ११६ रुपैयाँमा आइपीओ बेच्न अनुमति पाएको हो ।

कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको हो । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना ल्याउँदै Read Previous

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना ल्याउँदै

सेयर बजारमा उछाल, यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा उछाल, यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट