सेयर बजारमा उछाल, यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गत साता करेक्शन भएर लयमा फर्केको नेप्सेले आज एकैदिन ६२ अंकको छलाङ मारेको हो ।

सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यो पछिल्लो ६ महिना यताकै धेरै हो ।

आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.६३ विन्दुमा पुगेको छ । यसदिन २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ७.७९ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल झन्डै ३९ करोड र हिमालयन डिस्ट्रीलरी २४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ, एनएमबी ५० र सामलिङ पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सिटी होटल, बीपीडब्ल्यू लघुवित्त, शिवम् सिमेन्ट, हिमालयन ऊर्जा र नेपाल इन्स्योरेन्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

एकैपटक दुई हाइड्रोपावर पाए आइपीओ बिक्री गर्न अनुमति, एउटाले प्रिमियममा बेच्ने Read Previous

एकैपटक दुई हाइड्रोपावर पाए आइपीओ बिक्री गर्न अनुमति, एउटाले प्रिमियममा बेच्ने

अर्बौं खर्चेर बनाइएका २ दर्जन विमानस्थल छैनन् संचालनमा, नयाँ बनाउने लहड Read Next

अर्बौं खर्चेर बनाइएका २ दर्जन विमानस्थल छैनन् संचालनमा, नयाँ बनाउने लहड