काठमाडौं महानगरले ल्यायो २५.५४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि साढे २५ अर्ब बढीको बजेट ल्याएको छ । आइतबार उपमेयर सुनीता डंगोलले नगरसभाको बैठकमा आगामी वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेश गरेकी हुन् ।

उपमेयर डंगोलका अनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार (३३.७२प्रतिश) र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ (६६.२८ प्रतिशत) विनियोजन गरिएको छ ।

महानगरको बजेटको प्रमुख स्रोत बैंक मौज्दात रहेको छ । उनका अनुसार महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ, संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् ।

 

काठमाडौं महानगरले ८०० कर्मचारी थप्ने, कुचीकार मात्रै ३०० Read Previous

काठमाडौं महानगरले ८०० कर्मचारी थप्ने, कुचीकार मात्रै ३००

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना ल्याउँदै Read Next

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना ल्याउँदै